स्याङ्जा, १४ मङ्सिर । स्याङ्जाको एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पुतलीबजार नगरपालिका वडा नं १ स्थित गोरखा पालुङ्टार नगरपालिका वडा नं १ बस्ने ३६ वर्षीय दल बहादुर थापाले १६ वर्षीय स्याङ्जाकी बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा शनिबार राति १०:४५ बजे पक्राउ गरेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार बालिकालाई बिवाह गर्छु भनी विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने जाहेरी परेको आधारमा थापा पक्राउ परेका हुन् ।
पक्राउ परेका थापालाई प्रहरीले “जवरजस्ती करणी” मुद्दा दर्ता गरेको बताएको छ ।
प्रहरीले स्याङजा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान कार्य भईरहेको जनाएको छ ।