रूपन्देहीको तिलोत्तमाका १६ वर्षीय एक किशोरको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
भैरहवास्थित मेडिकल कलेजमा उपचारका क्रममा शनिबार उनको मृत्यु भएको स्वास्थ्य कार्यालय रूपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले जानकारी दिए। तिलोत्तमा–३ का ती किशोरलाई कात्तिक २५ गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको शाहले बताए।