स्याङ्जा, ३० कार्तिक । स्याङ्जामा एक बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
दाङको राप्ती गाउँपालिकामा घर भई हाल विरुवा गाउँपालिका वडा नं ७ बस्ने २१ वर्षीय सिजेन्द्र चौधरीले बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा शुक्रबार दिउँसो २ बजे प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छ्न ।
विरुवा गाउँपालिकामा ज्याला मजदुरी काम गरि बस्ने चौधरीले १४ वर्षीय बालिकालाई जवरजस्ती करणी गरेको हुँदा कानून बमोजिम गरी पाउँ भनी प्रहरी कार्यालयमा जाहेरी परेपछि पक्राउ गरीएको प्रहरीले बताएको छ ।
प्रहरीले चौधरीलाई “जवरजस्ती करणी” मुद्धामा मुद्धा दर्ता गरी सम्मानित स्याङ्जा जिल्ला अदालतबाट पक्राउ स्वीकृती लिई थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।