स्याङ्जा, २६ कात्तिक । स्याङ्जाको वालिङ नगरपालिकामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।
वालिङ नगरपालिका वडा नं ९ ठाडोलाईन बस्ने २१ वर्षीय जितन कुँवरलाई बुधबार बिहान लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार कुँवरले आफ्नै मोटरसाइकल ग्यारेजमा बिग्रिएर राखेको ग. ४ प ८१७९ नम्बरको मोटरसाइकलको सिट मुनि लागूऔषध लुकाई राखेको अवस्थामा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले लागूऔषध फेला पारेको हो ।
प्रहरीले ११ एम्पुल फेनारगन, ९ एम्पुल नोफिम, १० एम्पुल डाईजेपाम र ३ थान सिरिन्जसहित कुँवरलाई पक्राउ गरेको बताएको छ ।