हिमदुत
बिश्व प्रकाश भट्टराई
स्याङ्जा (चापाकोट)-२३, कार्तिक ।
चापाकोट नगरपालिकामा ३ महिने सिलाई कटाई तालीम उद्घघाट्न भएको छ ।
जलदेबी आमा समूह चापाकोट नगरपालिका वडा नम्बर ५ खासाको आयोजना र चापाकोट नगरपालिका चापाकोटको आर्थिक सहयोग मा तालिम सुरू गरिएको हो ।
समुहकी अध्यक्ष सीता खाँणको अध्यक्षतामा आयोजित कार्यक्रमका विच चापाकोट नगरपालिकाका नगर प्रमुख शिव कुमार गिरिले तालिमको शुभारम्भ गरेका छन् ।
तालिमको उद्घघाट्न गर्दै नगर प्रमुख गिरिले नगरपालिकाले उद्दमशिलतालाई आत्मनिर्भर सँग जोडेर नगरपालिकाले आयोजना गरेका शिपमुलक तालिम सिकेर व्यवहारमा उतार्न सहभागीलाई आग्रह गरेका छन् ।
विशेष गरेर महिलाहरू गृहणीको रूपमा रहेपनि घर गृहस्थी संगै आयआर्जनमा जोडिनु आजको आजको आवश्यकता रहेको नगर प्रमुख गिरीले जोड दिए ।
उनले अगाडि भने,’कुनै पनि कामलाई सानो ठूलो नभनी ठाउँ अनुसार सम्भावना रहेको कामलाई ज्ञान, शिपका आधारमा व्यवसायिक वनाउन सकेमात्र यस्ता तालिम प्रभावकारी हुने वताए ।’
कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष इन्द्र शाही समाजसेबी दल बहादुर सिङ लगायतले तालिममा राम्रो सग सिक्न र व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
कमल मल्ल को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन भेषराज डोटेल ले गरेका थिए ।