Himdut.com
२३ कार्तिक, स्याङ्जा ।
स्याङ्जाको भिरकोट नगरपालिका ५ हर्खौडी स्थित जिप दुर्घटना हुदा एक जानाको मृत्यु भएको छ ।
भिरकोट पकान फाटबाट पराल बोकेर हर्खौडितर्फ जाँदै गरेको लु १ च २६९६ नम्बर को जिप करिब ३० मिटर तल खस्दा ५ जाना घाइते भएका थिए ।
Himdut.com
घाइतेहरु भिरकोट ५ बस्ने ३५ वर्षिय शिव सेन , ३९ वर्षिय मनोज सेन,१७ वर्षिय असिम सेन ,५२ वर्षिय दिल बाहादुर सेन र २२ वर्षिय अञ्जान सेनलाई तत्कालाइ उपचारका लागि कालिका सामुदायिक अस्पताल हेलु पठाइएको थियो भने भिरकोट ५ बस्ने असिम सेनको थप उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको छ ।
उक्त जिप चालक वालिङ ११ बस्ने ३८ वर्षिय राजु पङ्गेनिको खोजतलास कार्य भैरहेको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ । ।