बुटवल । सञ्चारकर्मी अमृत पाण्डेय जि.पी. कोइराला फउण्डेशन अमेरिकाबाट सम्मानित भएका छन् । कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउण्डेशनले पाण्डेयलाई सम्मान गरेको हो ।
सबल नेपाल साप्ताहिक तथा सबलपोष्ट डिजिटल पत्रिकाका प्रधान सम्पादक पाण्डेय फाउण्डेशन अमेरिकाले संचालन गरिरहेको विदेशबाट बहश कार्यक्रमको नेपाल संयोजक रहेर काम गरिरहेका छन् । महामारीको समयमा सञ्चारको क्षेत्रबाट सहयोग गरेको भन्दै विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरु अजयबाबु शिवाकोटी, मिना शर्मा, अंकुर लुइंटेल, केपी भट्ट लगायतलाई सम्मान गरेको फाउण्डेशन अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिए ।