तस्वीर : जिल्ला प्रहरी कार्यालय स्याङ्जा
स्याङ्जा-१३, कार्तिक ।
वडादशैको दिन सोमवार राति पुतलीबजार ६ कोलडाँडा टक्सारमा स्थानीय युवाहरू विच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार सोमबार राती ११ बजे पुतलीबजार नगरपालिका ६ कोलडाँडा टक्सारमा दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वरा गाउँतर्फ मोटरसाईकलमा हो(हल्ला गर्दै गई रहेका युवाहरूको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाहरूले एक्कासी पछाडीबाट आक्रमण गरेपछि दुवै पक्ष विच झडप हुँदा स्थानीय पुरीस्वरा निवासी बर्ष २९ को सूर्य ब. गुरूङको उपचारको क्रममा मनिपाल शिक्षण अस्पताल पोखरामा निधन भएको जनाएको छ ।
कुटपिट गरि हत्या गरेको अभियोगमा स्याङ्जा प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले ४ जनालाई पक्राउ गरि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिएमा छन् । पक्राउ पर्नेमा पुतली बजार नगरपालिका वडा न ६ पुरिस्वारा बस्ने ३४ वर्सिय इन्द्रजित गुरुङ, सोही ठाउँ निवासी वर्ष ३४ का गिरे प्रसाद गुरुङ, वर्ष २४ का किङकङ गुरूङ र वर्ष २८ का सन्तोष गुरूङ रहेका छ्न ।
मृतकको पोष्टमार्टम गरि परिवारको जिम्मा लगाईएको समेत प्रहरीले जनाएको छ ।