Himdut.com
वालिङ, ०१ कार्तिक । वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले नगरभित्रका शहरी क्षेत्रहरुमा एकद्वार प्रणालीबाट खानेपानी वितरण थाल्ने बताएका छ्न। वालिङ ८ बसपार्कमा डिप बोरिङ लिफ्टिङ खानेपानीको उद्घाटन गर्दै नगर प्रमुख खाँणले शहरी क्षेत्रमा रहेका खानेपानीका स्रोतहरुलाई एकीकृत र ब्यवस्थित गर्दै एकद्वार प्रणालीबाट वितरण थाल्ने बताए ।
Himdut.com
नगरपालिकाले शहरी क्षेत्र र ग्रामीण क्षेत्रका लागि छुट्टाछुट्टै खानेपानी ऐन र कानून निर्माण गरेर कार्यान्वयनमा लैजाने तयारी भईरहेको नगर प्रमुखले बताए । “नगरपालिकाले नगरभित्रका विभिन्न छ ठाउँमा डिप बोरिङमार्फत सफलरुपमा खानेपानी निकालिएको छ” नगर प्रमुख खाँणले भने , “अझै तीन ठाउँमा डिप बोरिङमार्फत पानी निकाल्छौं र अबको कम्तिमा पनि ३० वर्षका लागि स्वच्छ र प्रर्याप्तरुपमा नगरबासीलाई खानेपानी उपलब्ध गराउँछौं ।
वालिङ नगरपालिकाले निर्माण गरेको डिप बोरिङको ब्यवस्थापन वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गर्ने भएको छ ।
Himdut.com
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले नगरबासीलाई स्वच्छ र प्रर्याप्तमात्रामा खानेपानी उपलब्ध गराउने जिम्मेवारी नगरको भएको बताउँदै आफ्नो कर्तब्य पूरा गरेर छाड्ने बताइन् । उनले वालिङमा पानीको स्रोतहरुको सही सदुपयोग गरी नगरबासीलाई खानेपानी पुर्याउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा खानेपानी वितरणलाई ब्यवस्थित बनाउँदै लगिनेमा उपप्रमुखले जोड दिइन ।
Himdut.com
संस्थाका उपाध्यक्ष रोशन कुँवरको स्वागतसँगै शुरु भएको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष विद्या श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सचिव खगेन्द्रप्रसाद अर्यालले गरेका ।