चापाकोट, ३० असोज ।
केही दिन अघि वि.एम फाउण्डेशनद्वारा चापाकोटमा आँखा शिविर सन्चालन गर्न आएका आयोजक र प्राविधिक चिकित्सकमा कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ गर्दा शिविरमा सहभागी भएकाहरु एकैपटक ठूलो संख्यामा संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाएको चापाकोट नगरपालिकाले आफ्नै खर्चमा सुविधा सम्पन्न आइसोलेशन तयार गरेको छ ।
नगरपालिकाले स्थानीय चापाकोट क्याम्पसमा सुबिधा सम्पन्न आईसोलेशन बनाएको हो । पछिल्लो समय चापाकोट नगरपालिकामा कोरोना संक्रमणको दरमा बृद्धि भएसँगै उनीहरुको व्यवस्थापन र उपचारका लागि आईसोलेशनको स्थापना गरिएको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले जानकारी दिए । ।
नागरिकमा संक्रमणको जोखिम वढदै गएकाले अन्यत्रको आईसोलेशनमा राख्नु भन्दा आफ्नै ठाँउमा राख्न सहज हुने देखेर आईसोलेशन सेन्टर व्यवस्थापन गरेको नगर प्रमुख गिरीले जानकारी दिए ।
आइसोलेशन हाललाई ३० वेडको निर्माण गरिएको छ । आवस्यकता अनुसार थप गरिदै जाने र हाललाई आइसोलेशनमा चिकित्सक सहितको मेडिकल टिमको व्यवस्था गरिएको छ उनीहरुले आवस्यकता अनुसार विरामीको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख गिरीले जानकारी दिए ।
चाडवाड नजिकिदै जाँदा चापाकोटमा बाहिरवाट आउनेको संख्या पनि वढदो रहेको र उनीहरुको व्यवस्थापनका वारेमा नगरपालिकाले केन्द्र सरकार र जिल्ला कोभिड व्यवस्थापन तथा नियन्त्रण समितीको निर्णय अनुरुपनै व्यवस्थापनको लागि पहल गरिएको समेत जानकारी दिए ।
चाडपर्व आफ्नै मौलिक परम्परा अनुसार जो जहाँ छ त्यसै गरी उच्च सतर्कताका साथ मनाउन र आफ्नो घर बाहेक वाहिर नगइकन घरभित्रै मनाउन पनि नागरिकलाई आग्रह गरेका छन् ।
स्थानीय स्तरमा नै आईसोलेशनको निर्माण गरिए पछि सोमबार संक्रमित भई भीरकोट स्थित कालिका साुमदायिक अस्पतालको आईसोलेशनमा रेहका १४ जना संक्रमितलाई चापाकोट सारिएको छ । नगरपालिकाले संक्रमणको जोखिम वढदै गएपछि कोभिड नियन्त्रण तथा व्यवस्थापनका सबै युनिटलाई अत्यान्तै क्रियाशिल बनाएको नगरपालिकाका प्रेस सल्लाहकार बिश्व भट्टराईले जानकारी दिए ।
केही दिन पहिले बिएम फाउण्डेसनले बिना स्वीकृत गरेको आँखा शिविरका सहमागीहरुमा कोरोना संक्रमण देखिए पछि नगरपालिका केही दिनका लागि शिल गरिएको छ ।
आँखा शिविर सन्चालन गर्न चापाकोट आएका कान्तिपुर डेण्टलका सन्चालक डा. वुद्धिमान श्रेष्ठलाई नै कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका अन्यको स्वाब संकलन गरिएको थियो। ३९ जनाको स्वाब संकलन गर्दा १४ जनामा संक्रमण देखिएको चापाकोटका स्वास्थ्य प्रमुख विन्दु कोइरालाले जानकारी दिए।
१४ जनालाई संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य ४२ जनाको बुधबार स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाइएको समेत जानकारी दिए । स्वाब संकलन गरिएका व्यक्तिहरुमा लक्षणसमेत देखिएको कोइरालाले बताए।