नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल होमआइसोलेसनमा बसेका छन् ।
उनले आफ्नो घरमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आफू घरमै आइसोलेसनमा बसेको बताएका छन् । शुक्रबार ट्विटरमा उनले आफू केही दिनका लागि आइसोलेसनमा रहेको बताएका हुन् ।
आफू र आफ्नो परिवारका सदस्यमा भने कुनै लक्ष्यण नदेखिएको उनले बताएका छन् ।