Himdut.com
वालिङ, १९ असोज ।
पर्वतको पैयूँ गाउँपालिका ५ भुर्तेलथोक घर भई स्याङ्जाको वालिङमा बसेर पत्रकारितामा क्रियाशील निर्भीक नारायण भुर्तेलले आफ्नो जन्म दिनमा निशुल्क जग्गा प्रदान गरेका छन् । पर्वतको आरुगैह्रामा रहेको दलित बस्ती स्थानान्तरण गरी एकीकृत नमूना बस्ती निर्माण गर्नका लागि जग्गा उपलब्ध गराएका हुन।
बस्ती स्थानान्तरण गरी एकीकृत नमूना बस्ती विकासको अगुवाई समेत गर्नुभएका भुर्तेलले आँफैबाट जग्गा प्रदान गरी अभियानको थालनी गरेको बताए। “वर्षाको समयमा दलित समुदाय घरमा बस्न सक्ने अवस्था छैन, निदाउन पाउँदैनन्” जग्गादाता भुर्तेलले भने , “यो दयनीय अवस्था देखेपछि केही न केही सहयोग गर्नुपर्छ भन्ने भावनाले मैंले जग्गा उपलब्ध गराएको हुँ” । आँफूले उपलब्ध गराएको जग्गामा केही घर बन्ने र बाँकी घर बनाउन नपुगेका जग्गाहरु त्यहीँ ठाउँमा खरिद गर्ने प्रक्रिया अगाडि बढेको उनले बताए । जग्गा खरीद तथा बस्ती निर्माणका लागि स्थानीय पैयूँ गाउँपालिका तथा अन्य सहयोगीहरुसँग समन्वय गरी अगाडि बढाईने जग्गादाता भुर्तेलले बताए