चुत्र महत
भीरकोट, १७ असोज
स्याङ्जाको भीरकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण कार्यको थालनी गरेको छ । तिन दिन सम्म स्थानीय पाठ्यक्रम निर्माणको विषयमा नगरपालिकाले कार्यशाला सम्पन्न गरिसकेको छ । यही असोज १५ गतेवाट सुरु भएको कार्यशाला आज सम्पन्न भएको हो ।
पाठ्यक्रम विज्ञ पुरुषोत्तम घिमिरे र प्रल्लाद अर्यालले स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्ने विषयहरुमा सहजिकरण गरेका थिए । सरोकारवाला र विज्ञहरको सुझाव, प्रतिवेदनका आधारमा भीरकोट नगरपालिका, स्थानीय सम्पदा, परम्परागत अभ्यास र स्वरोजगार, कृषि, स्वास्थ्य, अनुसन्धान, पर्यटन र स्थानीय सिकाई लगायतका विषयवस्तु पाठ्यक्रममा समावेश गरीने भएको छ ।
तिन दिने समापन कार्याशाला कार्यक्रममा वोल्दै पूर्व सांसद खगेन्द्रराज रेग्मीले नगरपालिकाले भीरकोटको पहिचान झल्काउने गरी वर्तमानको आवश्यकता भावी पुस्तापुस्ता सम्म भीरकोटलाई जीवन्त राख्नको लागी स्थानीय पाठ्यक्रम निर्माण गरी अध्ययापन गराउन लागेकोमा खुसी भएको भन्दै यस अवसरको सवैले सदुपयोग गर्नुपर्ने बताएका थिए । रेग्मीले परिवर्तनको जग वसाल्ने कार्यको प्रारम्भ गरेकोमा नगरपालिकालाई धन्यवाद व्यक्त गरेका थिए ।
स्याङ्जा जिल्लाका स्थानीय तहमा आफैले पहिलो पटक तयार गर्न लागेका स्थानीय पाठ्यक्रमले प्राज्ञिक व्यक्तित्व निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको नगर प्रमुख छाँयाराम खनालले वताए ।
आजको आवश्यकता अनुरुप समयानुकुल शिक्षा, परिर्विर्तत पाठ्यक्रम तयार पार्न लागेको हुँदा नगरप्रमुख खनालले पाठ्यक्रम निर्माणमा सवैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
तिन दिन सम्म चलेको कार्याशालामा वोल्दै नगर उपप्रमुख सिमा केसी कर्मार्चायले स्थानीय पाठ्यक्रम निर्माण आफैमा चुनौतीपूर्ण रहेपनी यसलाई अवसरको रुपमा लिएर काम गर्न सबैलाई आग्रह गरेकी छन् ।
प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेलले शिक्षा क्षेत्रमा भरिकोटले आफ्नै पाठ्यक्म निर्माण गर्नाले स्थानीय स्तरमा लुकेको र ओझेलमा परेको सम्पदाहरुको पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ४५ वटा विद्यालयहरु संचालनमा रहेको तथा कक्षा १ देखी ८ सम्मको लागी एक विषयको लागी स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको शिक्षा शाखा प्रमुख नविन थापाले जानकारी दिए ।
साभ नेपालकोका अध्यक्ष तुलसी प्रभास खनाल, प्याव्सन केन्द्रीय सदस्य अमृत अर्याल, वडा अध्यक्ष चन्द्र वा. वस्नेत, शिक्षक कृष्ण पौडेल, सहभागकिो तर्फवाट नसिवदिन मिँया र विद्यार्थी सुदिप पौडेलले स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय विविधता र स्थानीय सम्पदा लाई अनिर्वाय समेट्न्पर्ने विषयमा सुझाव दिएका थिए । कार्याशालामा भरिकोट नगरपालिकाका विभिन्न विषयका ५५ जना भन्दा वढी विज्ञरुको सहभागिता रहेको थियो ।
भीरकोट नगरपालिकाले आगामी शैक्षिक सत्र २०७८ देखी प्रयोगमा ल्याउने गरी स्थानीय पाठ्यक्रम निर्माण संगै पाठ्यपुस्तक लेखनको तयारी समेत शुरु गरेको सहजीकरण सस्था साभ नेपालका अध्यक्ष तुल्सी प्रभास खनालले वताए ।