वालिङ-१५ असोज । वालिङ नगरपालिका वडा नम्वर १ का अध्यक्ष एबं नगर प्रबक्ता केदार काफ्लेले कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई आफ्नै ठाँउमा नयाँ काम गर्न सुझाव दिएका छन । नयाँ कामको सोच अनुसार नगरपालिका, युएनडिपी लगायतको सहयोग रहने छ ।
कार्यक्रममा बोल्दै प्रवक्ता काफ्लेले काम गर्ने ईच्छाशक्ति हुनु पर्नेमा जोड दिए । उनले थपे यो काम गर्छु भन्ने सोच तपाईहरुले बनाउनु पर्दछ ।
अव व्यवशायीक रुपमा काम गर्ने गरी सोच बनाउनु पर्दछ उनले भने, हामी तपाईहरुको साथमा छौं ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्धारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना कोरोनाबाट बेरोजगार बनेका तथा समस्यामा परेका व्यक्तिहरुसँगको छलफल तथा सामाग्री सहयोगको तयारी कार्यक्रममा बोल्ने अधिकांश प्रभावितहरुले आफूहरु के गर्ने कसरी गर्ने भन्नेमा दोधार रहेको बताए ।
कार्यक्रममा वडा नम्वर १ का सचिव बुद्धिसागर पंगेनी,परियोजना प्रमुख राधाकृष्ण डुम्रे,प्राबिधिक स्वयंसेवक सीता काफ्ले रेग्मी तथा सहभागी युवाहरुले बोलेका थिए ।