स्याङ्जा, १० असोज ।
केहि दिन देखि अविरल रुपमा परेको वर्षाका कारण गएको पहिरोमा परी घाईते भएकी वालिङ नगरपालिका १४ तमादीकी १६ वर्षिया मनिषा नेपालीको खुमा अर्याल फाउण्डेशनले उपचार गरिदिने भएको छ ।
बिहीबार बिहान पख घर माथि बाट खेसेको पहिरोमा ९ जनाको मृत्यु भएको थियो । सोहि पहिरोबाट उद्धार गरिएकी नेपालीको फाउण्डेशनले सम्पूर्ण खर्च व्यर्होने गरी उपचार गरिदिने भएको हो । ९ जना आफन्त गुमाएकी नेपालीको आर्थिक अवस्था समेत नाजुक छ ।
पहिरोबाट उद्धार गरिएकी बालिकाको वालिङमा सामान्य उपचार पछि पोखरा स्थित गण्डकी मेडिकल कलेज मा थप उपचार भईरहेको छ । अस्पतालका अनुसार बालिकाको अवस्था खतरा मुक्त रहेपछि उपचार प्रक्रिया लामो हुनेछ ।
“बालिकाको आर्थिक अवस्थानाजुक रहेको र ९ जना आफन्त गुमाउँदाको अवस्थामा उनको उपचार हामीले गरिदिने निर्णया गरेको फाउण्डेशनका सचिव ध्रुव शर्माले बताए । उनका अनुसार बैदेशिक रोजगारमा भारत रहेका एक दाजु बाहेक आफन्त सबै गुमाएकी बालिकाको उपचारमा जति खर्च लागे पनि फाउण्डेशनले तिर्नेछ ।”
उक्त पहिरोमा परी ज्यान गुमाउनेमा १४ बर्षे बिक्रम नेपाली, १९ का बिनिता नेपाली, २१ का कुलदिप नेपाली र ७ महिनाका एक नाबालक रहेका छन । यसैगरी, २८ वर्षकी उमा कला नेपाली, ४८ का माया नेपाली, ३० को दिपक नेपाली, ६० का सानी नेपाली र ९ बर्षे बिबश नेपाली रहेका जिल्लाप्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।