स्याङ्जा-६ असोज
वालिङ बजार स्थित मोडमा रहेको प्रहरी विटमा कार्यरत प्रहरीलाई स्थानीय सिताराम अधिकारीवाट एक थान साईकल सहयोग गरेका छन् ।
वालिङ नगरपालिका वाड नं ८ का स्थानीय अधिकारीले प्रहरीलाई शान्ति सुरक्षा र बजारमा हुनसक्ने सम्भावित घटना नियन्त्रणका लागि सहज होस भन्दै एक थान साईकल सहयोग गरेको जानकारी दिएका छन् ।
समाजसेवी समेत रहेका अधिकारीले वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हरी प्रसाद पौडेल मार्फत वालिङ मोड प्रहरी विटका हवलदार मधु केसीलाई उक्त साईकल हस्तान्तरण गरेका थिए ।
अत्यन्तै व्यस्त रहने वालिङ मोड लगायत बजार क्षेत्रको सुरक्षामा खटिने प्रहरीलाई छिटो छरितो सेवा प्रवाह गर्न सहजता प्रदान हुनेछ भन्ने उदेश्यले साईकल उपलव्ध गराएको अधिकारीले बताए । विभिन्न सामाजिक संघ संस्थामा रहेर सामाजिक काम गर्दै आएका समाजसेवी अधिकारी बेला बेलामा आवश्यकता हेरेर सहयोग गर्दै आएका छन् ।
प्रहरीलाई साधन श्रोत प्रयाप्त भयो भने नै हाम्रो सुरक्षा गर्न सजिलो हुने छ समाजसेवी अधिकारीले भने,“बजार क्षेत्रको शान्ति सुरक्षाका लागि यो साईकलले महत्वपूर्ण भुमिका खेल्ने छ ।” साईकलको प्रयोगबाट केही हदसम्म भएपनि प्रहरीलाई सेवा प्रवाहमा सहजता मिल्ने विश्वास मेरो छ उनले भने ।
प्रहरीले पाएको साईकलले अब छिटो सेवा प्रवाह हुने विश्वास अधिकारी परिवारको छ ।
समाजसेवी अधिकारी सहित परिवारले प्रहरीलाई साईकल हस्तान्तरण गरेर सहयोग गरेको प्रति वडाप्रहरी कार्यालय आभारी रहेको प्रहरी निरिक्षक पौडेलले बताए । सानातिना घट्नालाई न्युनिकरण गर्न यो साईकलले प्रहरीलाई ठुलो भुमिका खेल्ने विश्वास पौडेलको छ ।