भवानी अधिकारी
स्याङ्जा, ३ साउन ।
अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संघ नेपाल स्याङजाले सामाजिक सुरक्षाभत्ता कटौती नगर्न सरकारलाई आग्रह गर्दे प्रेश बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएका छन् । संघका पदाधिकारी सहितको भारतीय पूर्वसैनिकले शुक्रवार प्रेश बिज्ञप्ति प्रकाशितगरी प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री मार्फत गृह मन्त्रालयमा पठाएका छन् ।
‘बिदेशमा गएर आफनो जीविकोपार्जन मात्र नभई नेपालको अर्थतन्त्रमा समेत सहयोग गर्दे आएका पूर्वसैनिकका योगदानलाई मूल्याङकन नगरी कटौती गरेको सामाजिक सुरक्षाभत्ताले आत्मसम्मानमा चोट पुगेको ’ उल्लेख छ ।
संघका जिल्ला अध्यक्ष एवं केन्द्रीय सह—अध्यक्ष समेत रहेका क्याप्टेन गजबहादुर थापाद्धारा हस्ताक्षरित २ वटा छुट्टाछुट्टै विज्ञप्तिमा विदेशवाट निवृत्तिभरण भरका नेपाली नागरिकलाई गरिने एकमात्र सम्मान स्वरुपको सामाजिक सुरक्षाभत्ता कटौती नगर्न आग्रह छ ।
सन १८१५ को सन्धी अनुसार नेपाल सरकारलाई उपलब्ध हुने सहयोगको मूल्यांकन गर्न सुझाव छ । यसअघि खाइपाई आएको सामाजिक सुरक्षाभत्ता पुन ः सुचारु गर्न माग गर्दे, आफना मागलाई वेवास्ता गरेमा सडकदेखि सदनसम्म संघर्षकालागि विदेशबाट निबृत्तिभरण भएका सम्पूर्ण नेपाली नागरिहहरु वाध्य हुने जनाइएको छ । साथै, नेपाल सरकारका बिभिन्न कार्यालयदेखि सेवा निबृत्तभरण भएका नेपाली नागरिकहरुले दशै, तिहारमा पाउने भत्ता सरहको रकम बिदेशवाट निबृत्तभरण भएका नेपाली नागरिकहरुलाई समेत उपलब्ध गराउनुपर्ने माग उल्लेख छ ।
बिज्ञप्तिमा, गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभागले २०७७ असार १७ को मन्त्रीपरिषद बैठकले सामाजिक सुरक्षाभत्ता वापतको रकम कटोैती गरेको निर्णय सहित असार १८ गते नेपालभरका सबैपालिकामा जानकारी गराएपछि अल नेपाल भारतीय पूर्वसैनिक कल्याणकारी संघ नेपाल र जिल्ला कार्यसमिति स्याङजाले प्रेश बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको हो ।
भारतीय पूर्वसैनिक सैनिक तथा उहाका परिवार सहभागीभई बुझाईएको बिज्ञप्ति बुझ्दै प्रजिअ गंगाबहादुर क्षेत्रीले आफुलाई प्राप्त प्रेश बिज्ञप्ती तत्काल गृहमन्त्रालयमा प्रेषित गर्ने जानकारी दिए ।