चुत्र महत
भीरकोट, ३० असार ।
कोरोना संक्रमणको जोखिम कम गर्न र यसवाट प्रभावितलाई सहयोग गर्ने उद्देश्यले स्थापित कोभिड १९ र दैवी प्रकोप पीडितका लागि सन्चालित राहत कोषमा ३७ लाख ४३ हजार ३ सय ४५ रुपैया संकलन भएको भीरकोट नगरपालिकाले जनाएको छ । भाईरस संक्रमण संग जुझ्दै गर्द विभिन्न संघ सस्थाहरु र व्यक्तिहरुले राहत रकम दिने क्रम जारी रहेको छ ।
भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी भीरकोट नगरपालिका वडा नं. ५ निवासी हाल कामको शिलशिलामा अमेरीका रहेका कृष्ण प्रसाद अर्यालले डबलप्रसाद अर्याल मार्फत रु १० हजार नगद नगर प्रमुख छायाराम खनाललाई हस्तान्तरण गरेका छन् ।
भीरकोट नगरपालिकाको राहत प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने रकम वुझ्दै प्रमुख खनालले कोविड १९ र विभिन्न खाले विप्दवाट अति प्रभावित भीरकोटवासीको समस्यालाई नगरपालिका एकले मात्र सामाधान गर्न नसक्ने हुँदा अन्य संघ सस्था र मनकारी व्यक्तिहरुले आफु सक्दो सहयोग दिन आग्रह गरेका छन् । नगर प्रमुख खनालले भाइरस संक्रमण नसकिदै अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाँउहरुमा वाढी र पहिरोले क्षति पुर्याएको अवस्थामा नगरपालिकाका जोखिमयुक्त वस्तीहरुमा नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जिन्सी र रकम प्रदान गर्नुहुने संघ सस्था र मनकारी महानुभावहरुलार्इं धन्यवाद व्यक्त व्यक्त गर्दै नगर प्रमुख खनालले यस विपतको अवस्थामा नागरिकको जुन खालको सहयोग प्राप्त गरेका छौ यसले नगरवासी नगरपालिका प्रति जिम्मेवार भएको महशुस भएको वताएका थिए ।
नगर पालिकाले ४ वटा निजि विद्यालयमा १ सय जना क्षमताको क्वारेन्टाइन निर्माण गरी तयारी अवस्थामा रहेको नगरपालिकालले जनाएको छ । हाल ४४ जना क्वारेन्टाईनमा रहेका छन । कालिका सामुदायिक अस्पतालमा ६० शैयाको आइसोलेसन निर्माण गरी अहिले १६ जना कोरोना संक्रमित आफ्नो स्वास्थ्य लाभ लिइरहेको नगर प्रवक्ता दिपेन्द्र केसीले जानकारी दिए ।
लक डाउनको अवधिमा भीरकोट जन्मथलो भएतापनि कामको शिलशिलमा देश तथा विदेशमा कार्यरत भीरकोटवासीहरु संग भिडियो कन्फ्ेरेन्स मार्फत कोविड सम्वन्धी नगरपालिकाको अवस्था र नगरपालिकाले गरेको उपलव्धीको वारेमा जानकारी दिएपश्चात झण्डै ७ लाख भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा भएको समेत केसीले जानकारी दिए ।
यस अवस्थामा वीपतवाट प्रभावित भीरकोटवासीलाई सहयोग गर्न चाहनेले मेगा वैक लिमिटेड वयरघारीमा रहेको नगरपालिकाको प्रकोप व्यवस्थापन कोष नामको खातामा रकम जम्मा गरी सहयोग गर्न सकिने नगरपालिकाले जनाएको छ ।