बिरगंज, २५ असार ।
सिमा क्षेत्रमा अवैध तरिकाले समान ओसार पसार गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।
शुक्रवार राती १२ ३० बजेको समयमा गैर कानुनि किसिमले विभिन्न सामानहरु नेपालबाट भारत तर्फ तथा भारतबाट नेपालतर्फ ओसार पसार कार्य नियन्त्रणको लागी चेक जाँचमा खटिएको प्रहरी टोलीले केही थान कपडा सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
बारा बिश्रामपुर गाउँपालिका ४ बलिरामपुर बस्ने वर्ष ४० को लालबाबु महतो र सोही ठाँउका बर्ष ५५ को मुक्ती सहनीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
उनीहरुवाट अवैध रुपमा भारतबाट नेपालतर्फ भंसार छली ल्याउदै गरेको थानको कपडा, कुर्ता सुरुवाल लगायत झण्डै ३६,५७०। मुल्य बराबरको लत्ताकपडा वरामद गरिएको समेत जनाएको छ ।