वालिङ नगरपालिकाको आठौं नगरसभाको बुधबार वालिङमा उद्घाटन गर्दै राजनीतिभन्दा माथि उठेर विकास निर्माणका कार्यमा आ–आफ्नो दायित्व सम्झेर जिम्मेवारीसहित अगाडि बढ्नुपर्ने बेला आएको धारणा राखेका छन् ।
अहिलेको विषम परिस्थितिमा सबै दल एकजुट भएर कोरोनो विरुद्धको अभियानमा लाग्नुपर्ने बेला आएको बताउदै प्रमुख अतिथी रेग्मीले जनताले राजनीतिक दलमाथि गरेको विश्वासलाई मर्न नदिन र विकास निर्माणसँगै समृद्धिको पाटोलाई उकास्नका लागि सबैको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उनको जोड थियो ।
कार्यक्रममा तीन तहका सरकारबीच सहकार्य, सहअस्तित्व र समन्वयबाट अगाडि बढेको खण्डमा विकास निर्माण तथा योजनाहरुको छनौटमा डुब्लिकेसन नहुने भएकाले यतातर्फ ध्यान दिनुपर्नेमा नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बाध्यता रहेकाले योजनाहरु छनौट गर्दा प्राथमिकताका आधारमा नीति तथा कार्यक्रमहरु बनाईएको बताइन् ।