राहुल गुप्ता
बिरगंज, २१ जेष्ठ ।
विश्वव्यापी फैलिएको कोराना भाइरस संक्रमितको संख्या बढदै गइरहेको र उक्त कोराना भाइरसका कारण मृत्यु हुनेको संख्यामा वृद्धि भइरहेको वेला कोराना भाइरस मुक्त होस भन्ने कामना सहित बिरगंज महानगरपालिका वार्ड नं १७ अलौं स्थित बुढीयामाई मन्दिरमा बौधीमाईको पुजारी भगत मुकेश सहनीले बिधिवत रुपमा पुजा पाठ गरी ३्४ क्वीन्टल दाउरा १० फिटको दुरीमा राखी आगो बाली पुरै दाउरा जले पछी त्यस आगोमा भगतमुकेश सहनीले आगोमा हिडेको स्थानिय उदित सहनीले जानकारी दिए ।
संकटका वेला यसरी पुजा अर्चना गर्नाले संकट समाधान हुने धार्मिक विश्वास रहेको सहनीले जानकारी दिए ।