स्याङ्जा, १ जेठ ।
रोजगारीका लागि दक्षिण कोरिया पुगेका स्याङ्जाका ३३ वर्षीय खड्क बहादुर थापाको निधन भएको छ ।
नाइट ड्यूटी सकेर बैसाख ३० गते बिहान ९ बजेतिर सुतेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनिमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका दक्षिण कोरियाका पूर्ब केन्द्रिय सदस्य सुन्दर सुवेदीले जानकारी दिए ।
ईपिएस प्रणाली मार्फत रोजगारीको लागि दक्षिण कोरिया पुगेका बिरुवा गाउँपालिका–५ माथिल्लो चेप्टेका हुन् । उनी विगत ७ वर्षदेखि दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनिमा कार्यरत रहेको सुवेदीले जानकारी दिए ।
थापा दोश्रो अवधीका लागि कोरिया पुगेका थिए । अविबाहित थापाका नेपालमा आमा र दाजुहरु रहेका छन् । मृत्युका बारेमा अनुसन्धानका साथै शवको व्यवस्थापनका बारेमा कुरा भईरहेको स्याङ्जा परिवार दक्षिण कोरियाले जनाएको छ ।