चुत्र महत
भीरकोट, १ जेठ ।
कोरोना भाइरस कोविड १९ का कारण प्रभावित भीरकोट वासीहरुको लागी राहत होस भनी विभिन्न संघ सस्थाहरुले राहत रकम दिनेहरुको क्रम जारी रहेको छ ।
भीरकोट नगरपालिकाका सामुदायिक बिद्यालयमा दरवन्दी रहेका शिक्षकहरुले प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी रु ७ लाख ५० हजार नगर प्रमुख छाँयाराम खनाललाई प्रदान गरेका हुन् । शिक्षकहरुको भेला वसी आफुले पाउने ३ दिनको तलव काटी भीरकोट नगरपालिकालाई हस्तन्तरण गरेका हुन् ।
यसैबीच भीरकोट नगरपालिका वडा न ५ घर भई हाल रोजगारीको शिलशिलामा दुवईमा कार्यरत मान सिँ कुवँरले आफ्नो धर्मपत्नी पवित्रा कुवँर मार्फत प्रकोप व्यवस्थापन कोषमा जम्मा हुने गरी रु १५ हजार र भीरकोट नगरपालिका वडा न ९ मा रहेको विशाल विकास आमा समुहले १० हजार १० नगर प्रमुख छाँयाराम खनाललाई प्रदान गरेका छन् ।
रकम वुझ्दै नगर प्रमुख खनालले कोविड १९ का कारण लक डाउन पालना गर्दै आएका अति प्रभावित परिवारलाई भोकमरीवाट जोगाउन राहत संकलन गरिएको र सोही कोषवाट राहत वितरण गरिने वताएका छन् । नगरपालिकाले स्थापना गरेको कोषमा नगरवासीको सहयोग आइरहेको छ सहयोगी मनहरुमा धन्यवाद समेत व्यक्त गरेका थिए ।
हाल सम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी २४ लाख ९३ हजार ३ सय ६७ रुपैया जम्मा भएको नगरपालिकाले जनाएको छ ।