वालिङ, १ जेठ ।
लोक दोहरी कलाकार घनश्याम रिजालले आफ्नो जन्मदिने वावु गुमाएको महिना दिनमै फेरी मातृ शोकमा परेका छन् । रिजालकी माता तोपकुमारी रिजालको आज उपचारका क्रममा पोखरामा निधन भएको हो ।
अचानाक हृदयघात भए पछि उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो । स्याङ्जाको वालिङ् नगरपालिका वडा नं ४ निवासी रिजालको ७२ बर्षको उमेरमा निधन भएको हो ।
कलाकार रिजालका बुवा खेम नारायण रिजालको एक महिना अगाडि ७८ बर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय रिजालका ३ छोरा र १ छोरी रहेका छन । स्वर्गीय रिजालको आजै पोखरा स्थित रामघाटमा अन्तिम संस्कार गरिएको छ ।