स्याङ्जा, १ जेठ ।
कोरोना संक्रमणको जोखिमका कारण झण्डै दुई महिना लामो लकडाउनवाट अति प्रभावित परिवारलाई आँधीखोला गाउँपालिकाले दोस्रो चरणको राहत वितरण कार्य सुरु गरेको छ ।
दैनिक ज्यालादारी गर्ने मजदुर तथा विपन्न घर परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर दोस्रो चरणको राहत वितरण शुरु गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए ।
पालिकामा लक डाउनवाट दैनिक गुजारा चलाउन नसक्ने परिवारको पहिचान गरी वडा नं ५ मा हिजो, वडा नं। २ मा आज, वडा नं १, ३ र ६ मा भोलि २ गते तथा वडा नं ४ मा पर्सि ३ गते राहत वितरण गर्न लागिएको अध्यक्ष पौडेलले जानकारी दिए ।
राहत सामाग्रीमा अत्यावश्यक खाद्यान्न चामल, दाल, नुन, खाने तेल, चिनी र साबुन वितरण गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा ६ सय ३५ घर परिवारलाई राहत वितरण गरेको थियो भने, दोस्रो चरणमा ३ सय ३० परिवारलाई राहत वितरण कार्य शुरु गरेको गाउँपालिका सूचना प्रविधि अधिकृत रोशन लामिछानेले बताए ।
गाउँपालिकाले संघीय सरकारले तयार गरेको मापदण्ड अनुसार परिवार संख्याका आधारमा आधा र पूरा परिमाणमा राहत वितरण गर्न लागेको हो । राहत सामाग्री अन्तर्गत दुईजना सम्मको परिवारलाई १५ किलो चामल, १।५ किलो दाल, १ प्याकेट नुन, साबुन दुईवटा, १ किलो चिनी र १ लिटर तेल वितरण तथा तीन र तीनभन्दा माथिका परिवार संख्या भएका लाई ३० किलो चामल, ३ किलो दाल , २ प्याकेट नुन, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल वितरण गर्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो ।
यसैगरी आँधीखोला गाउँपालिकाले कोरोना भाइरस ९कोभिड १९० नियन्त्रण र रोकथाम तथा राहत वितरण गर्न एन आई सी एसिया बैंकमा स्थानीय तह प्रकोप व्यवस्थापन कोष ९खाता नं २३४२०५००२७७६८००२० को स्थापना गरेको छ। रकम तथा जिन्सी सामग्री सहयोग गर्न चाहनु हुनेलाई आँधीखोला गाउँपालिकामा सम्पर्क राख्न समेत अनुरोध गरिएको उल्लेख छ ।