गल्याङ, १२ वैशाख । गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले गल्याङ नगरपालिकालाई झण्डै ८० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
स्याङ्जा क्षेत्र नम्बर दुई ख का सांसद मल्लले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा उक्त रकम बरावरको खाद्यान्न सामाग्री सहयोग गरेका हुन् ।
मल्लले प्रदान गरेका खाद्यान्न सामाग्री नेपाली काङ्ग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालले गल्याङ नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।
मल्लले २५ केजीका ४५ बोरा चामल, दुई बोरा दाल, तीन प्याक तेल र एक बोरा नुन गरी ७९ हजार पाँच सय ५० रुपैयाँ बराबरको खाद्यान्न सामाग्री रहेको बस्यालले जानकारी दिए । खाद्यान्न सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपतको बेलामा गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताएका छन् ।