वालिङ, १० वैशाख ।
मुलुक कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउनमा रहेको वेला सरकारी कार्यालयवाट हुने स्वास्थ्य सेवा र अत्यावश्यक सेवा वाहेकका कामकाजहरु प्राय ठप्प रहेका छन् । यस्तो अवस्थामा वालिङ नगरपालिका वाड नं १ वडा कार्यालयले गर्भवती महिलाको हेरचाहलाई पनि महत्वपूर्ण स्वास्थ्य सेवा ठानेर गर्भवतीको पोषणका लागि अण्डा वितरण गरेको छ ।
वडा भित्रका ९१ दिनदेखि गर्भवती महिलाहरुलाई सुत्केरी हुँदासम्म प्रत्येक दिनको एउटा अण्डाका दरले एक एक क्यारेट अण्डा वितरण गरिएको वडा अध्यक्ष एवं नगरप्रवक्ता केदार काफ्लेले बताए।
मेडिक मोवाईल कार्यक्रम अन्तर्गत महिलाहरु गर्भवती भएपछि आमा र बच्चाको पोषणमा सहयोग पुगोस भन्ने उद्देश्यले अण्डा वितरण गरेको अध्यक्ष काफ्लेले बताए । बुधबार एक कार्यक्रमका बीच नगर उपप्रमुख कल्पना तिवारीवाट २५ जना गर्भवती महिलाहरुको लागी अण्डा वितरण गरिएको हो ।
कार्यक्रममा उपप्रमुख तिवारीले गर्भवती महिला स्वस्थ भएमा बच्चा स्वस्थ जन्मिने भएकाले गर्भवतीको पोषण र नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिनुपर्ने वताएकी थिइन् । उपप्रमुख तिवारीले गर्भवती महिलाको नियमित हेरचाह र पोषणयुक्त आहारको लागी सम्बन्धीत घरपरिवारले समेत ध्यान आग्रह गरिन् ।
नगरपालिकाले मेडिक मोवाईल प्रविधिको प्रयोग गरेर नियमित गर्भवती र सुत्केरी हुँदा सम्म हेर विचार गरिरहेको हुँदा प्रविधिको उच्चतम प्रयोग गर्दै आमा र बच्चाको स्वास्थ्यमा ध्यान दिन सबैलाई आग्रह गरिन ।
बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि वढदै जान थालेको अवस्थामा गर्भवती महिलाहरुले थप सतर्कता अपनाउन र सरकारले गरेको लकडाउनको पूर्ण पालना गरी सरसफाईमा ध्यान दिन आग्रह गरेकी छन् ।
कार्यक्रममा नगरपालिका सामाजिक विकास अधिकृत पदमप्रसाद पाण्डे, वडा सदस्य अर्जुनप्रकाश अर्याल, नेपाल रेडक्रस सोसाईटी धनुवाँसे उपशाखाका अध्यक्ष तथा नेपाली काँग्रेसका वडा सभापति गुणनिधि काफ्ले लगायतले कोरोना संक्रमणवाट जोगिन अपनाउनुपर्ने सावधानीका वारेमा र गर्भवती महिला, दिर्घ रोगी र जेष्ठ नागरिकहरुले संक्रमणवाट जोगिन अपनाउनुपर्ने सावधानीका वारेमा आ-आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा रेडक्रस उपसाखाले स्वास्थ्य उपकरणहरु समेत हस्तान्तरण गरेको छ । नगरउप्रमुख तिवारीले रेडक्रसबाट प्राप्त ह्लिचियर केशबहादुर रोका क्षेत्रि र खहरे शहरी स्वास्थ्य केन्द्रलाई स्टे«चर हस्तान्तरण गरेकी छन् । वडा अध्यक्ष केदार काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत वडा सदस्य देवि रेग्मी र सञ्चालन वडा सचिव बुद्धिसागर पंगेनीले गरेका थिए ।