चुत्र महत
भीरकोट, २ वैशाख ।
विश्वभरी कोरोना कोभिड १९ भाइरसका कारण महामारीको रुपमा फैलिएपछि नेपालका तिनवटै तहका सरकारले यसको नियन्त्रणका लागि गरेको लकडाउन पुन अनिश्चित बनेको अवस्थामा भीरकोट नगरपालिकाले नगर स्तरीय कोरोना भाइरस रोकथाम र नियन्त्रण समन्वय समिति सहित नगर भित्रका वैक वित्तिय र सहकारी सस्थाका प्रतिनिधिहरु संग अन्तरक्रिया गरेको छ ।
तमु समाज भवनमा भएको अन्तरक्रिया कार्यक्रममा वोल्दै नगर प्रमुख छायाराम खनालले यस विषम परिस्थीतीमा सवैको सहयोगमा सहभागीता हुनुपर्ने भन्दै कोभिड १९ वाट वास्तविक प्रभावितहरुलाई नगरपालिकाले खाद्यान्न वितरण गरेको वताए । अझै छुटपुट कोही भए उनीहरुलाई पनि राहत वितरण गर्ने भन्दै गरिव, असाय, ज्याला,मजदुरी गर्नेहरुलाई अवको दोस्रो चरणको राहत वितरण गर्दा एक महिना सम्म खाना पुग्ने गरी वितरण गर्ने बताएका थिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विहान खाए वेलुका के खाने भन्ने अवस्थाका मानिसहरुलाई नगरपालिकाले राहत वितरण गनुपर्ने भन्दै लक डाउनको समयमा वाहिरवाट भीरकोट आउने मानिसहरुको निगरानी राखी नाकाहरुलाई शिल गर्नुपर्ने जस्ता धारणा राखेका थिए । उनीहरुले नेपालमा पनि कोरोना भाइरसका केशहरु दिनप्रतिदिन वढदै जान थालेकाले अझ थप सचेत हुन जरुरी रहेको उनीहरुको भनाई थियो ।
नगर भित्रका वैक, वित्तिय सहकारी सस्था, पार्टी प्रतिनिधि, शाखा प्रमुखहरुको सहभागिता रहेको कार्यक्रममा अहिले सम्म नगरपालिकाले कोरोना भाइरस सम्वन्धी गरेका विभिन्न कार्यहरुको वारेमा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेल र स्वास्थ्य शाखा प्रमुख नारायण वन्दु अर्यालले जानकारी गराएका थिए ।
भीरकोट नगरपालिकाले ९ वटा वाडहरुमा अति विपन्न गरीव, असाय,ज्यामी गरी ८ सय ४० जना घरपरिवारलाई ६ हजार ९ सय ८० केजी चामल, ७ सय ८७ केजी दाल, ७ सय ८७ केजी नुन, ३ सय ९४ केजी तेल राहत वितरण गरीसकेको नगर प्रवत्ता दिपेन्द्र केसीले वताए । उता नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप व्यवस्थापन राहत कोषमा पनि रकम जम्मा हुने क्रम बढिरहेको पनि जानकारी दिए । स्थानीय संघ संस्था र व्यक्तिहरुवाट कोषमा रकम जम्मा भइरहेको पनि जानकारी दिइएको थियो ।