स्याङ्जा, २७ चैत्र ।
नेपाल विद्यार्थी संघ स्याङ्जाले जिल्लामा रहेका विद्यार्थीहरुलाई स्थानीय सरकार र जनप्रतिनिधिहरुसंग समन्वय गर्दै स्वयमसेवकको रुपमा क्रियाशिल रहन आग्रह गरेका छन् । जिल्ला सभापति अजित क्षेत्रीद्धारा जारी गरिएको विज्ञप्तिमा स्थानीय सरकार र जनप्रतिनिधिहरुसंग समन्वय गर्दै स्वयमसेवकको रुपमा क्रियाशिल रहन आग्रह गरिएको छ ।
विज्ञप्तिमा कोरोना बिरुद्धको अभियान मानब सभ्यताको रक्षाका लागि हाम्रो साझा दायित्व हो । यो बिषम परिस्थितिमा म नेपाल विद्यार्थी संघ स्याङ्जासंग आवद्ध जिम्मेवार साथिहरुलाई नेपाल सरकारले गरेको बन्दाबन्दि लकडाउन को पूर्णपालना गर्न, गराउन, स्थानिय सरकारले पहिचान गरेका गरिब, असहाय र दैनिक जीवनयापन गर्नका लागि जटिल परिस्थिति भएका व्यक्ति र घरपरिवारलाई राहत वितरण कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउनका साथै दैनिक अत्यावश्यक सामग्रीहरुको उपलब्धता सुनिश्चितताका लागि आफ¥नो सुरक्षाका लागि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले निर्देश गरेको सामाजिक दुरी कायम गर्दै आफ¥नो सम्बन्धित पालिकाको, वाड र टोलमा स्थानीय सरकार र जनप्रतिनिधिहरुसंग समन्वय गर्दै स्वयमसेवकको रुपमा क्रियाशिल रहन आग्रह गर्दछु भनिएको छ ।
विज्ञप्ति
श्री जिल्ला कार्यसमितीका पदाधिकारीहरु,जिल्ला सदस्यहरु,गाउँ र नगर सभापतिहरु, क्याम्पसइकाइका सभापतिहरु र बिद्यालयका सभापतिहरु लगायत मित्रहरु ।
अहिले समग्र विश्व कोरना भाइरस ९कोभिड १९० बाट आक्रान्त छ । कोरोना बिरुद्धको अभियान मानब सभ्यताको रक्षाका लागि हाम्रो साझा दायित्व हो । यो विषम परिस्थितिमा म नेपाल विद्यार्थी संघ स्याङ्जा सँग आवद्ध जिम्मेवार साथिहरुलाई नेपाल सरकारले गरेको बन्दाबन्दि लकडाउन को पूर्णपालना गर्न, गराउन, स्थानिय सरकारले पहिचान गरेका गरिब, असहाय र दैनिक जीवनयापन गर्नका लागि जटिल परिस्थिति भएका व्यक्ति र घरपरिवारलाई राहत वितरण कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउनका साथै दैनिक अत्यावश्यक सामग्रीहरुको उपलब्धता सुनिश्चितताका लागि आफ¥नो सुरक्षाका लागि नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले निर्देश गरेको सामाजिक दुरी कायम गर्दै आफ¥नो सम्बन्धित पालिकाको, वाड र टोलमा स्थानीय सरकार र जनप्रतिनिधिहरुसंग समन्वय गर्दै स्वयमसेवकको रुपमा क्रियाशिल रहन आग्रह गर्दछु ।
स्वयमसेबक साथिहरुले ध्यानदिनुपर्ने कुराहरु
– बन्दाबन्दि लाई सरकारले तोकेको समावधिसम्म पूर्ण कार्यान्वयनका लागि सहयोग पुयाउने । कोरोनाबाट बच्नका लागि व्यक्रि र परिवारहरुलाई सामाजिक दुरि कायम गर्न ,मास्कको उचित प्रयोग गर्न र नियमित रुपमा साबुन पानीले हात धुने वा सेनेटाइजर प्रयोग गर्नका साथै भिडभाड हुने स्थानहरुमा नजानका लागि अभिप्रेरित गर्ने ।
– बिदेशबाट आएका सबै व्यक्तिहरु अनिवार्य क्वारेन्टाइनमा बसेको सुनिश्चितताका लागि टोल, समुदाय स्थानिय सरकार, नजिकको प्रहरी र जिल्ला प्रशासनसँग समन्वय गर्ने
– स्थानिय व्यक्तिहरु बिरामी भएको अवस्थामा आवस्यक एम्बुलेन्स वा बैकल्पिक अरु सवारी साधनहरुको ब्यवस्था गर्न गराउन क्रियाशिल रहने । आपतकालिन अवस्थामा मानवीय सहयोगको लागि जनप्रतिनिधि, स्थानिय सरकार, नजिकको प्रहरी र जिल्ला प्रशासन सँग समन्वय गर्ने ।
– आफनो नजिकमा रहेका स्वास्थ्यसंस्थाहरुले सेवा प्रदान गरे नगरेको अवस्थाको बारेमा जानकार रहने र सेवा अवरुद्ध भएका कारण सर्वसाधारणहरु समस्यामा परेमा तुरुन्त जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउने । साथै दिर्घरोगिका बिरामीहरुको औषधीको उपलब्धता, उनिहररुको नियमित उपचार डाइलोसिस र सुत्केरिका घटनाहरुमा सजग रहने ।
– निरन्तरको लडडाउनका कारण कतै तपाईको टोलछिमेका खाद्यान्नको मौज्दात, अत्यावश्यक सामग्रीहरुको कृत्रिम अभाव, मुल्य वृद्धि त भएको छ वा छैन भन्ने सम्बन्धमा सजक रहने । यदि त्यस्तो पाइएमा यथाशीघ्र सुचना प्रदान गर्ने र स्थानीय तबरमा खबरदारी गर्ने ।
– यदि तपाईको समुदायमा अनावश्यक भिडभाड र अपरिचित व्यक्तिहरुको उपस्थिति देखेमा जनप्रतिनिधि वा जिल्ला प्रसासन कार्यलयमा खबर गर्ने ।
– राहत वितरण विशुद्ध मानवीय सहयोग हो । आफना छिमेकमा भएका राहात वितरणका सम्बन्धमा सजग रहनुहोस । दैनिक ज्यालादरिमा आश्रित मजदुरहरु, गरिब र असाहय घरपरिवार, विद्यार्थीरुको अवस्थामा विशेष चासो दिनुहोस् । जसका कारण समस्यामा रहेको व्यक्ति र परिवारहरु कोही नछुटोस र राहतको दुरुपयोग पनि नहोस ।
– कोरनासंग भय र डर होइन जोगिने उपायका सन्र्दभमा सचेतना फैलाउदै नेपाली काँग्रेस प्रचार प्रचार समितिले ल्याएको कोरना स्व परिक्षण एपको प्रयोग प्रयोग आफूपनि गनुहोस र अरुलाई सचेतना गर्नुहोस ।
– लकडाउनको अवधिभर आफना छरछिमेकमा कोरोना रोकथाम र नियन्त्रणको प्रयासको सम्बन्धमा भए गरेका प्रयासहरु, सकारात्मक र नकारात्मक अनुभुति, अनुभब, समस्या, साथ, तपाई र तपाईको परिवारले अबलम्बन गरेका साबधानिहरु समेतलाई समेटेर दैनिक टिपोट लेख्नुहोस । साथै दैनिक टिपोट लेख्दा स्थानिय प्रसासन, जनप्रतिनिधि र स्थानिय सरकारले अवलम्बन गरेका सकारात्मक र अस्वाभाविक गतिविधिहरु, राहातको वितरणका सम्बन्धमा अवलम्बन गरेका मापदण्डहरु, क्वारेन्टाइनमा बसेका व्यक्तिहरुका गतिविधि र सम्भावित अनियमितताहरु विपदको बेला भएका बदनियतपूर्ण कार्यहरुका सम्बन्धमा समेत सजग रहनुहोस । के थाहा भोलि यस्तै महामारीमा तपाइको अनुभव तपाई स्वयम र अन्य व्यक्तिहरुको लागि मार्गदर्शक हुन पनि सक्छ ।
– तपाईको छिमेक, टोल र वार्डमा स्वयमसेवकको रुपमा गर्न सकिने अत्यावश्क कामहरुमा पछि नहनुहोस । सेवा नै धर्म हो र म स्वंम सेबक हु भन्ने जिम्मेवारीलाई आत्मसात असुरक्षित तबरबाट हिडडुल नगर्नुहोस । आफनो छरछिमेकमा अमर्यादित गतिविधिहरु हुन पनि नदिनुस ।स्वंयमसेबक भएबापत कुनै आर्थिक, ब्यतिगतलाभ लिनु हुदैन भन्ने हेक्का राख्दै मानवीय धर्म र कर्तव्यको पालना गर्नुहोस ।
जय नेपाल ।
अजित क्षत्री
सभापति , नेपाल बिधार्थि संघ स्याङ्जा