राहुल गुप्ता / बारा, २७ चैत्र ।
कोरोना संक्रमणको खतरापछि लकडाउनमा रहेको कारण मुलुकभर जनताहरु घरमा बसिरहेको अवस्थामा केही उद्योग कलकारखाना अत्यावश्यक ठानेर सन्चालनमा रहेका छन् । ती उद्योग कलकारखानामा कामगर्ने श्रमिकको सुरक्षाको विषयमा ध्यानाकर्षण गर्दै नेपाल ट्रेड युनियन काँग्रेस बाराले विज्ञप्ती प्रकाशित गरी ध्यानाकर्षण गरेको छ ।
बिरगंज पथलैया औद्योगिक करिडोरमा काम गनेॅ श्रमिकहरुको लागि तप्काल ज्याला, राहत उपलब्ध गराई सुरक्षित तरिकाले काम गराउन बिहिवार जारी विज्ञप्तीमा भनिएको छ ।
कलकारखाना, निर्माण, यातायात, होटल, पर्यटन, कृषि, उद्योग व्यवसायिक क्षेत्रहरुमा असुरक्षित तरिकाले काम गराई रहेकोले श्रमिकहरुमा कोरोना भाईरस संक्रमण हुन सक्ने सम्भावना रहेकोले अशुरक्षित तरिकाले काम नगराउन नेपाल ट्रेड यूनियन कांग्रेसका सभापति विश्वमणी शर्माले बिज्ञप्ति जारी गरि माग गरेका छन् ।