राहुल गुप्ता,
चैत्र ०८ बिरगंज ।
सदभाव सेवा समिती बिरगंजको आयोजनामा हरेक शनिबार निशुल्क भोजन कार्यक्रम एक सयौं सप्ताहमा प्रवेश गरेको छ । हरेक सप्ताहको शनिवारको दिन बिहान आठ बजे देखी १२ बजेसम्म गरिब, असहाय र सहाराबिनहरुको लागि निशुल्क भोजन खुवाउदै आईरहेको छ ।
एक सयौं सप्ताहमा प्रवेश गरेको उपलक्ष्यमा र कोरोना भाईरसबाट बच्न आज खाना खुवाउने र खाना खाने सम्पुर्णमा सेनेटाइजर र साबुन पानीको साथै सुरक्षित दुरिको पनि खास ब्यवस्थापन गरिएको थियो । सदभाव सेवा सानदार एक सयौं सप्ताह सम्म आइ पुग्नुमा सबैको साथ र सहयोगको लागि मनै देखि धन्यवाद आभार व्यक्त गरिएको थियो ।
यो सेवा आगामी दिनमा पनि जारी रहने र मानवताको सेवा सदैव प्रदान गर्ने समितीका रमेश जाटियाले जानकारी दिएका छन् । जय सदभाव जय मानवता उक्त कार्यक्रममा रमेश जाटिया , लालबाबु सिंह लगायतकाको सहभागिता रहेको थियो ।