राहुल, चैत्र ८ बारा ।
नालाको निकास नहुँदा बाराको परवानीपुर गाउँपालिका(५ नौतनका स्थानीय बासीलाई सास्ती भएको छ । आकासवाट परेको पानीका कारण स्थानीय अनिल साह, प्रमोद सिंह, मन्जेश कर्ण, ब्रजेश सिंह ,चन्खे मगर सहितको घर तथा बाटो पसेपछि उनीहरु थप समस्यामा परेका छन ।
कलैया(वीरगन्ज सडक खण्डको नौतनमा पानीको निकास नभएका कारण स्थानीय बासीलाई सास्ती भएको हो । हुलाकी राजमार्ग आयोजनाले सडकको छेउमा निर्माण गरेको नालाको निकास नभएका कारण बर्षाको पानी घरमा पसेको स्थानीयले गुनासो गरेका छन । आयोजनाले अधुरो नाला निर्माण गरेर अल्पत्र अवस्थामा छोडेको कारण पानीको निकास नभएको स्थानीयको गुनासो छ ।