वीरगंज २ चैत्र।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले आईतबार बिहान ६ बजेतिर वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर चौक स्थित सडकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा पथलैया बाट वीरगंज आउने लोकल बसहरूमा लोड गरी वीरगंज तर्फ ल्याई रहेको लुकाई छिपाई राखिएको अवस्थामा घरेलुु मदिरा (लोकल रक्सी) चार सय लिटर बरामद गरी नियन्त्रणमा लिइ वडा प्रहरी कार्यालय श्रीपुरमा बुझाएको थियो।
आजै दिउँसो १२ बजे समाज परिवर्तन नेपालका अध्यक्ष अकलेस साह, संचारकर्मी रन्जित चौरसिया उमेश कुशवाहा दिपेन्द्र साह , स्थानीय टोलबासी र वडा प्रहरी कार्यालय श्रीपुरका पुलिस प्रशासनको रोहबरमा सो घरेलु मदिरा नस्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहले जानकारी दिएका छन् ।