चापाकोट, १७ फागुन ।
श्री खानीखोला युवा कल्ब हरिनाश ५ किटिया स्याङ्जाको दोस्रो बार्षिकोत्सव तथा भलिवल प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रमको स्थानीय समाजसेवी तथा नेपाली काँग्रेसका नेता देवकुमार मानन्धरले उदघाटन गरेका थिए ।
कार्यक्रममा वोल्दै मानन्धरले अहिलेको अबस्थामा युवाहरुनै देशको मुख्य खम्वा भएकाले स्वदेशमै केही गर्न बाताबरण मिलाउन तिनै तहका सरकार गम्भिर हुन आग्रह गरेका थिए ।
मानन्धरले देशमा व्यक्त भ्रष्टाचारको अन्त्य गर्न तल्लो तहवाटै सुचना दिएर समुन्नत समाज र्निमाणमा सहयोग गर्न यस्ता क्लवहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यूवाहरु समाज रुपान्तरणमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश क उप सभापती ओम भट्ट, नेपाली काँग्रेस हरिनासका सभापती कृष्ण चन्द, उप(सभापती टोपा भुजेल लगायतले क्लवले गरेको सकारात्मक कार्यको प्रशंसा गरेका थिए ।
वार्षिक उत्सवको अवसरमा आयोजित भलिबल प्रतियोगिता तर्फ प्रथम स्थान हाँसिल गर्न सफल श्री शान्ति दिप युवा कल्ब चापाकोट, आयोजक काम्ती दोस्रो स्थान र तृतिय स्थान हाँसिल गर्न श्री बाल कल्याँण मा.बि.सफल भएको छ ।
कार्यक्रम संयोजक राजेन्द्र लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्वलका अध्यक्ष केशब क्षेत्री, समाजसेबी निलकन्ठ लम्साल, टोपा भुजेल कृष्ण चन्द लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन मोहन थापाले गरेका थिए भने सास्कृतिक कार्यक्रममा लोकदोहोरी गायक अनिल सदासंकर, शिव लम्साल गायिका जिता राना कमला गैह्रेको बेजोड प्रस्तुती रहेको थियो ।