वालिङ, १५ पौष ।
वालिङ नगरपालिका भित्रका ११ जना अपाङ्गता भएकाहरुलाई निशुल्क सहायक सामग्री वितरण गरिएको छ । अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाको आयोजना तथा वालिङ नगरपालिकाको समन्वय र सहयोगमा वालिङमा भएको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा सहभागी भएकाहरुलाई सहयोगी सामग्री वितरण गरिएको हो ।
वालिङमा भएको शिविरमा ७१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा वालिङ भित्रका ११ जना रहेका र उनीहरुका लागि आवश्यक सहयोगी सामग्री नगरपालिकाले उपलब्ध गराएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । परीक्षण शिविरका क्रममा सहायक सामग्री आवश्यक रहेकालाई उनीहरुको नाप अनुसारको सामाग्रि निर्माण गरेर आज वितारण गरिएको नगर प्रमुख खाँणले बताए ।
सहयोगी सामग्री बनाउनका लागि आवश्यक रकम वालिङ नगरपालिकाले उपलब्ध गराएको अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र बनेपाका कार्यक्रम निरीक्षक रुद्र सापकोटाले जानकारी दिए ।