गल्याङ, २० मंसिर ।
गल्याङ नगरपालिकाले पेट्रोलीयम पदार्थको गुणस्तर परिक्षण गर्न गल्याङमा रहेको पेट्रोल पम्पवाट पेट्रोल र डिजलको नमुना संकलन गरी पोखरा पठाएको छ । नगरपालिकाको टोलीले पम्पको अनुगमन गरि नमुना परिक्षणका लागि पोखरा पठाएको नगरपालिकाले जनाएको छ ।
गल्याङ बजारमा रहेको बस्याल ब्रदर्श पेट्रोल पम्पको अनुगमन गरेको थियो । अनुगमनका क्रममा दुईवटा ग्यालेनमा दुई लिटर पेट्रोल र दुई लिटर डिजेलको नमुना संकलन गरिएको जनाएको छ ।
परिक्षणका लागि आज नेपाल आयल निगमको प्रादेशिक कार्यालय पोखरामा पठाइएको छ ।
गुणस्तर परिक्षणका लागि नगरपालिका संग साधन र स्रोतको अभावका कारण पोखरा तथा भैरहवा पठाउनुपर्ने वाध्यता रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद पाण्डेले जानकारी दिए ।
उनका अनुसार नगरपालिकामा नियमित अनुगमन गरी बजारमा रहेका बस्तुको गुणस्तर, कृतिम अभाव, कालाबजारी नियन्त्रण गर्न नगरपालिकाले रोक्ने र व्यापारीले नमाने कानुन बमोजिम कारवाही गरिने वताएका थिए । शुक्रवार गरिएको अनुगमन नियमित अनुगमनको प्रक्रिया अनुसार गरिएको अनुगमन समितिका संयोजक ज्ञानप्रसाद पाण्डेले जानकारी दिए ।