वालिङ, १९ मंसिर ।
समाजमा रचनात्मक कार्यहरु गर्नका लागि स्थापना गरिएको लियो क्लब अफ वालिङ सिटीले ६२ औं अन्तर्राष्ट्रिय लियो दिवसका अवसरमा वालिङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा सरसफाई गरेको छ । लियो दिवसका अवसरमा विविध कार्यक्रम गर्ने निर्यय गरेको क्लवले पहिलो दिन बिहीबार सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा वोल्दै स्वास्थ्य केन्द्र सञ्चालक समितिका सदस्य यामबहादुर गुरुङले सामाजिक क्षेत्रमा क्रियाशिल अन्तराष्ट्रिय क्लवहरुको समाज रुपान्तरणका लागि गरिएका प्रयासहरुको प्रशंसा गरेका थिए । प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मोहन विक, लायन्स क्लब अफ ३२५ बी १ चिल्ड्रेन अवायरनेस चियरपर्सन चेतनारायण श्रेष्ठ, ट्रेड युनियन काँग्रेस जिल्ला अध्यक्ष कमलप्रसाद पाण्डे, ट्रेड युनियन काँग्रेसका जिल्ला उपाध्यक्ष डण्डपानी पंगेनी, स्वास्थ्य केन्द्रका सिनियर अहेव दुर्गाप्रसाद भण्डारी,वालिङ जेसिजका महासचिब धुर्ब पंगेनी लगायतले शुभकामना ब्यक्त गरेका थिए।
६२ औं अन्तर्राष्ट्रिय लियो दिवसका अवसरमा शुक्रबार वालिङ १४ मा रहेको उपल्लो पेखु माध्यमिक विद्यालयमा सेनेटरी प्याड वितरण, हिमशिखर आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण, शनिबार नेपाल आदर्श क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता गरि कार्यक्रम सम्पन्न गर्ने क्लवका प्रथम उपाध्यक्ष दिक्षान्तप्रताप खाँणले जानकारी दिए ।
समुदाय प्रहरी साझेदारी अन्तर्गत वडा प्रहरी कार्यालय वालिङको प्रहरी, स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरु, लायन्स, लियो क्लबमा आबद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । लियो क्लब अफ वालिङ सिटीका अध्यक्ष विदुषा बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव हरि रेग्मीले र स्वागत प्रथम उपाध्यक्ष दिक्षान्तप्रताप खाँणले गरेका थिए ।