वालिङ, ५ मंसिर ।
वालिङ नगरपालिका वडा न १ रामबाच्छा बजारमा स्थानीय रामबाच्छा ब्वाइज क्लवले विहिवार एक कार्यक्रमका विच डस्टविन वितरण गरिएको छ । फोहर संकलनमा सहजता र प्रभावकारिताका लागि क्लवले डस्टविन वितरण गरेको हो ।
क्लवले कुहिने र नकुहिने छुट्टाछुट्टै डस्टविन वितरण गरिएको जनाएको छ । बजारमा फोहर व्यवस्थापनमा सहजता ल्याउन र वालिङलाई फोहर मुक्त नगरपालिका निर्माण गर्ने उद्देश्य अनुरुप डस्टविन वितरण गरिएको जनाएको छ ।
डस्टविन वितरण कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले फोहरका कारण मानव स्वास्थ्य र वातावरणमा समेत प्रभाव पार्ने हुनाले यसको सही व्यवस्थापनमा नगरवासीले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा वडा अध्यक्ष केदार काफ्लेले आफ्नो ठाँउ सफा राख्न सामुहिक प्रयास जरुरी रहेको बताए । वालिङ नगरपालिका फोहर व्यवस्थापनमा उत्कृष्ठता हासिल गरेको नगरपालिका भएकाले अब पनि यहाँको फोहर व्यवस्थापनमा सबै हातेमालो गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा समाजसेवी कृष्ण खाँण, पदमराज गुरुङ लगायतले फोहर घरबाटै घटाउने बानीको विकास गर्न सबैमा आग्रह गरेका थिए । रामवाच्छा व्वाइज क्लवको समाजिक कार्यमा देखाएको उत्कृष्ठ कार्यको सबैले प्रशंसा गरेका थिए ।