स्याङ्जा ६ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषध सहित २ जना युवालाई पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका १ स्थित सिद्धार्थ राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका ६ का २९ वर्षीय महेन्द्र भण्डारी र गोरखाको भिमसेन गाउँपालिका ७ का २८ वर्षीय सुरेश थापालाई प्रहरीले पक्राउ गरेको हो ।
बुटवलबाट पोखरा आउँदै गरेको ग १ ख ७०७४ नं. माईक्रो बसमा सवार रहेका उनीहरु पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक नविनकृष्ण भण्डारीका अनुसार शंकास्पद देखिएको उनीहरुबाट डाईजेपाम ५० एम्पुल, फेनरागन ५० एम्पुल, नोफिन ५० एम्पुल बरामत भएको छ ।
उनीहरुलाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।