स्याङ्जा ३० असोज ।
आगामी चैत्रमा बालमैत्रि नगर घोषणा गर्ने तयारीमा रहेका भीरकोट नगरपालिकाले आफ्ना प्रत्येक वडाहरुमा अनुगमन गरेको छ । बालमैत्रिका ३९ सूचकहरुको कार्यान्वयन पक्षबा बारेमा अनुगमन गरिएको हो । बुधबार वडा नं ९ मा अनुगमन गरेको अनुगमन टोलीले विहिबार वडा नंं। ८ मा अनुगमन गरेको छ ।
वडाका वस्ती तथा विद्यालयमा अनुगमन गरिएको छ । छुट्टाछुट्टै तीन ओटा टोलीले क्रमश रिपूखोला, ढापुकफेँदी र मोहनडाँडामा अनुगमन गरेको हो ।
अनुगमन पश्चात आयोजित समिक्षात्मक कार्यक्रममा रिपूखोलामा गरिएको अनुगमनको शिक्षा साखा प्रमुख हेमप्रसाद आचार्य, ढापुकमा गरिएको अनुगमनको योजना अधिकृत यामप्रसाद रेग्मी र मोहनडाँडामा गरिएको अनुगमनका बारेमा बालमैत्रि सहजकर्ता खुमकान्त खनालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । वडामा ३९ सूचकमध्ये ३५ ओटा सूचकहरु पार गरेको भेटिएको छ ।
अनुगमनका क्रममा विद्यालयमा छात्राछात्रको छुट्टाछुट्टै सौचालय, बालक्लबको नियमित बैठकलगायतका अतिरिक्त क्रियाकलाप हेरिएको थियो भने वस्तीस्तरमा पक्की सौचालय, सौचालयमा साबुन पानीको अवस्था, घरमा बालमैत्रि वातावरण, पिउनेपानी, वातावरणीय स्वच्छतालगायतका विषयमा अनुगमन गरिएको थियो ।
समिक्षा कार्यक्रममा नगरप्रमुख छायराम खनालले भीरकोट नगरलाई नमुना नगरको रुपमा विकास गर्ने प्रक्रियामा सिंगो टिम लागीपरेको भन्दै यसका लागी यहाँका नागरिकले समेत पुर्ण सहयोग गर्नुपर्ने धारणा सार्वजानिक गरेका छन् ।
साथै प्रमुख खनालले बालमैत्रि नगर घोषणाको प्रक्रियामा रहेको भन्दै हरेक स्थान बालमैत्रि हुनुपर्ने जोड दिए । कार्यक्रममा उपप्रमुख सिमा केसी कर्माचार्यले योजनामा मात्र नभई कार्यन्वयनको अन्तिममा पुगेको अवस्थामा नगरवासीले आफ्नो अपनत्व ग्रहण गर्नुपर्ने वताइन् । वडा अध्यक्ष तनबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।