स्याङ्जा, ३ असोज
संविधान दिबस स्याङ्जा लगायत नेपालभर बिविध कार्यक्रम गरी मनाइएको छ । स्याङजाका ११ वटै तहमा बिबिध कार्यक्रमगरी बाजागाजा सहित राष्ट्रिय झण्डा बोकेर संविधान दिवस मनाइएको हो । ४ बर्षअघि असोज ३ गते जारी भएको दिन पारेर संविधान दिवस मनाउन थालिएको हो । सात दशक लामो चाहना पश्चात २०७२ असोज ३ गते संविधानले मूर्तरुप पाएको थियो ।
यसैगरी, स्याङजा सदरमुकाममा आयोजित संबिधान दिवसमा बोल्दै पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीले जनताद्धारा जनताका लागि निर्मित संबिधान कुनै पनि प्रतिगामी तत्वले च्यात्न नसक्ने बताउदै संसारकै उत्कृष्ठ संबिधानको रक्षाका लागि सबैजना एक हुनुको विकल्प नभएको वताएकी थिइन् ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला, नेकपाका अध्यक्ष सुर्य गैहे पारस, नेपाली कांग्रेस महासमिति सदस्य तुलसी गिरी, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश उपाध्यक्ष मोतीप्रसाद पौडेल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगायतले जारी संबिधानको कार्यान्वयनको पक्षलाई ब्यवहारमा उतार्नु पर्नेमा जोड दिएका थिए । संबिधान दिवस मुल समारोह समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख दिलीपकुमार बगालेले स्वागत एवं प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादुर मल्लले संचालन गर्नुभएको थियो ।
बाजागाजा सहितको रयालीले वडा नं. १ स्थित मुख्य बजार परिक्रममा गरेर सिटीहलमा आएको कार्यक्रम गरिएको थियो ।
संबिधान दिवसको अवसर पारेर आधीखोला गाँउपालिकाले बर्तमान संबिधान र आजको शिक्षा बिषयक माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा सेपत माविका सगुन परियार प्रथम, जनप्रदिप माविका अनिषा क्षेत्री द्धितिय, श्रवण माविका गंगा शर्मा तृतीय र सेपत माविका सदिक्षा क्षेत्री सान्तवना भएका छन । ७ बिद्यालयका १३ छात्रछात्रा सहभागि रहेको प्रतियोगिता
कार्यक्रमको उदघाटन गर्दे नेकपा नेता एवं पूर्व कृषिमन्त्री त्रिलोचन ढकालले दिवसका अवसरमा यस्ता रचनात्मक कार्यक्रमले बालबालिकाको मानसिक क्षमता र दक्षता बृद्धि हुने बताउदै यस्ता कार्यक्रमको निरन्तरताका लागि शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा नेकपाका देवबहादुर क्षेत्री र देवेन्द्र गुरुङ लगायतले शुभकामना ब्यक्त गरेका थिए । गाउपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शर्मिला पौडेलले स्वागत एवं सवइन्जिनियर सुन्दर पौडेलले संचालन गरेका थिए ।