मिना कंडेल
नवलपुर १८ भदौ ।
पत्रकारहरुलाई सरकार विरुद्ध एकजुट हुन सरकारलेनै बाध्य बनाएको पत्रकारहरुले बताएका छन । रेडियो नेपालको प्रादेशिक प्रसारकेन्द्र दिपायलमा कार्यरत पत्रकारहरुलाई राजनैतिक पुर्बाग्रह सांधदै काम बाट निकालेको घटनाप्रती खेद प्रकट गर्दै नेपाल प्रेस युनियनले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र बुझाउदै सो कुरा बताएका हुन ।
केहि दिन अघि सुदुरपश्चिम दिपायल रेडियो नेपालका पत्रकार प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुवरलाई राजनीतिक पुर्वाग्रह साधेर रेडियो प्रसार विकास समितिले कामबाट हटाएकोमा आपत्ति जनाउदै प्रधानमन्त्री कार्यलयमा प्रेस विज्ञप्ती बुझाउदै सरकारले विभिन्न बाहानामा आस्थाका आधारमा पत्रकारहरुलाई अन्याय गरेका बताएका थिए ।
दिपायलका पत्रकारहरुलाई पुन काममा फकर्ने वातावरण सहित पुर्ण प्रेस स्वतन्त्रताको माग गर्दे प्रेस युनियन जिल्ला शाखा नवलपुरले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रेस युनियनका जिल्ला शाखा अध्यक्ष विरेन्द्र पराजुलीको नेतृत्वमा गएका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीलाई ज्ञापन पत्र बुझाएको हो । यस्तै युनियन ले सरोकारवालाहरु संगको प्रयाप्त छलफल बिना असोज ६ गते बाट लागु गर्न खोजिएको पत्रकार आचार संहिता लाई प्रयाप्त छलफल पछि मात्र लागू गर्न युनियनले माग गरेको छ ।
पत्रकारहरुको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधकिारी कार्कीले पत्रकारहरुले राखेका मागलाई प्रधानमन्त्री कार्यालयमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।