भिरकोट १७ भदौं ।
भीरकोट नगरपालिकाको आयोजनामा प्रथम तीज मेला तथा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । ‘भीरकोटको अभियान–मौलिक संस्कृतिको संरक्षण’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।
प्रथम तीज मेलाको उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले तीजको मौलिकतालाई जोगाउन सवैलाई आग्रह गरे। उनले भने, “तीज पर्वले सदियौं देखिको ईतिहास र आफ्नै मौलिकता बोकेको छ ।”
कार्यक्रममा भीरकोट नगर प्रमुख छायाराम खनालले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई सरल तरिकाले मनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगाना, नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती अर्याल तिवारी, नेकपा भीरकोट नगर सचिव विश्वनाथ अर्याल, काँग्रेस भीरकोट सचिव शेषकान्त खनाल, भीरकोट नगर प्रवक्ता दिपेन्द्र केसी, २ का अध्यक्ष कमल त्रिपाठी, ४ का अध्यक्ष चन्द्रबहादुर बस्नेत, नेपाल महिला संघ जिल्ला सहसचिव ईन्दिरा केसी लगायतले बोलेका थिए ।
१९ समूहको सहभागिता रहेको प्रतियोगितामा अद्धैत संस्था संरक्षण मञ्च बयरघारी पहिलो भएको छ । त्यस्तै जनकल्याण देवी कल्याण आमा समुह दोस्रो र शीवशक्ति आमा समुह तेस्रो भएकाछन् । यसैगरी पव्लिक एकाडेमी मावि र सिर्जना शान्ती तमु आमा समुह शान्त्वना भएका थिए ।
प्रथम, द्वितीय र तृतीय र शान्त्वना हुने समूहले क्रमशः २० हजार, १५ हजार, १० हजार र ६ हजार नगद पुरस्कार रहेको थियो ।
भीरकोट नगर उपप्रमुख सीमा केसी कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन विष्णुमाया काफ्लेले र स्वागत विष्णु माझी बोटेले गरेकी थिइन ।