हिमदुत सम्वाददाता
स्याङ्जा—१४ भदौ ।
नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारका कारण लोकतन्त्र र संविधान खतरामा परेको वताएका छन् ।
नेपाल महिला संघको ७२ औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष स्व. मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा महिला संघ स्याङ्जाद्धारा प्रकाशित स्मारिका शक्तिको विमोचन, प्रशिक्षण एवम् तिज विशेष कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री कोइरालाले वर्तमान सरकारले लोकतन्त्रलाई समाप्त गरेर एकदलिय शासन चलाउने अभ्यास गरिरहेको आरोप लगाउदै वर्तमान सरकारका विरुद्ध नेपाली काँग्रेस एकजुट हुन जरुरी रहेको वताएका छन् ।
विश्वमै उत्कृष्ठ विचार वोकेको पार्टीलाई कसैले हराउन नसक्ने वताउदै महामन्त्री कोइरालाले कम्यूनिष्टको एकताले नेपाली काँग्रेस हारेको होइन हामी विचको मतभेदले पराजय भोगेको वताएका छन् । पार्टी महाधिवेशनमा गुटउपगुट गरेपनि अरु समयमा गुटको अन्त्य गर्न जुरुरी रहेको महामन्त्री कोइरालाको भनाई थियो । उनले पार्टी एक भए नेपाली कांग्रेसलाई कुनैपनि शक्तिले हराउन नसक्ने ठोकुवा गरे । यसका लागि आफू अन्तिम समय सम्म पार्टीलाई एकजुट बनाउन लागि पर्ने कोइरालाको भनाइ थियो ।
?
काँग्रेसमा एकता नहुँदा त्यसको फाइदा कम्युनिष्ट सरकारले लिएको वताउदै महामन्त्री कोइरालाले सरकारले भ्रष्टाचार, घोटला, हत्याकाण्ड जस्ता काण्ड मच्चाएर देशलाई आक्रान्त बनाएको बताए । भर्खरै सुर्खेतमा भएको गौ हत्याको विषयलाई लक्षित गदै कोइरालाले भनेर्, गाइको हत्या गर्ने जो कोहीलाइ कानुनी कारवाही गर्नुपर्छ’ ।
कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टीमा राम्रा भन्दा पनि हाम्रा बढी हावी हुने परिपाटी बस्न थालेको भन्दै यस्तो कार्य बन्द गराउन नेतृत्वले बेलैमा ध्यान दिनुपर्ने बताए । काँग्रेसले गरेका राम्रा कामको प्रचार प्रसार नहुँदा कम्यूनिष्टहरुले प्रजातन्त्रको बारेमा सिकाउन थालेको घिमिरेको भनाई छ । जसले प्रजातन्त्रको लागि लडाई लड्यो, जसलाई त्यो लडाईको बारेमा थाहानै छैन उसैले प्रजातन्त्र सिकाउन थालेको प्रति इंकित गर्दै केपी शर्मा र प्रचण्डलाई प्रजातन्त्रको बारेमा सिक्ने हो भने हामी सगँ आउन सचेत गराए ।
संविधान सदस्य शारदा पौडेल, पुर्व पाटी सभापति खगेन्द्रराज रेग्मी, संविधान सदस्य राजु थापा, पुर्व सांसद शंकरप्रसाद पाण्डे, महासमिति सदस्य भोजराज अर्याल, तुलसी गिरी, शिव कुमार गिरी, महिला संघ पूर्व केन्द्रिय सदस्य राजकुमारी गुरुङ्, महिला नेतृ अम्वीका पौडेल र विद्यार्थी नेता खगेन्द्र भण्डारी लगायतका नेताहरुले काँग्रेसलाई एकतावद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका थिए ।
नेपाल महिला संघ जिल्ला अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देवी अर्यालले स्वागत, सचिव वन्धना लम्सालले धन्यवाद मन्तव्य राखेका थिए । भने, कार्यक्रम महिला संघकी सचिव तारा मल्लले सन्चालन गरेकी थिइन् ।
सोही कार्यक्रमका विच नेपाल महिला संघ स्याङ्जामा महत्वपूर्ण योगदान गरेवापत पूर्व अध्यक्ष, सल्लाहकार, शहिद पत्नी लगायतलाई सम्मान गरिएको थियो ।