वालिङ, ११ भदौ ।
विश्वहिन्दु महासंघ वालिङ नगरपालिकाको अधिवेशनको तयारी तिव्र पारिएको छ । आगामी भदौ २१ मा हुने अधिवेशनलाई ऐतिहासिक बनाउन तयारीलाई तिव्र पारिएको महासंघ स्याङ्जा शाखाका अध्यक्ष हरिहर पाण्डेले जानकारी दिए ।
अधिवेशनका लागि महासंघले “बैदिक सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षणमा उठौं, भाद्र २१ गते पतञ्जली योगपीठ वालिङ नगरीमा जुटौं” भन्ने अभियान समेत चलाएको छ । अभियान अन्तर्गत पतञ्जली योगपीठ वालिङमा तयारी भेला गरिएको छ । सो अवसरमा बोल्दै महासंघका केन्द्रिय सदस्य नेत्रप्रसाद पराजुलीले अधिवेशन बैदिक सनातन धर्मको संरक्षणमा सफल हुने विश्वास व्यक्त गरेका थिए ।
अधिवेशनमा डाक्टर चिन्तामणी योगीको प्रमुख आतिथ्यता रहने भन्दै महासंघ स्याङ्जाका अध्यक्ष पाण्डेले सवैलाई सहभागी हुन आग्रह गरेका थिए । कार्यक्रममा शिक्षाविद मुक्ती प्रसाद सुवेदीले धर्म विना मानव जीवन अन्धकारमय हुने बताएका थिए ।
कार्यक्रममा विश्वहिन्दु महासंघका पदाधिकारी, पतन्जली योगपीठ स्याङ्जाका सदस्यहरु, ओम शान्ती परिवार, नेवा खल परिवार ,शिक्षक, राजनैतिक दलका नेताहरु, व्यापारी, पत्रकार लगायत आ—आफ्नो भेषभुषा सहित उपस्थित भएका थिए ।