हिमदुत सम्वाददाता
स्याङ्जा, ४ भदौ ।
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अबसरमा भिरकोट नगरपालिका र नेकपा वालिङ नगर कमिटी महिला विभागले छुट्टाछुट्टै कार्यक्रम गर्ने भएका छन् ।
भिरकोट नगरपालिकाले आगामी भाद्र १६ गते बयरघारीमा तीज मेला गर्ने भएको भिरकोट नगरपालिकाकी उप–प्रमुख सिमा केसी कर्माचार्यले जानकारी दिइन् । तीजको मौलिकतालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उपप्रमुुख केसीले वताइन ।
मेलाको तयारीका लागि बोर्ड सदस्य विष्णुमाया काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको छ । सदस्यहरुमा बोर्ड सदस्य विष्णु माँझी, विन्दु खड्का, महिला ईन्दिरा केसी रहेका छन् । मेलामा तीज गीत प्रतियोगिता गरिने भएको छ ।
उता नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) वालिङ नगर कमिटी महिला विभागको आयोजनामा आगामी भदौ १२ गते वालिङ नगरपालिका स्थित सिटीहलमा मैलिक तीज विशेष तथा शुमकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको नेकपा वालिङ महिला विभागकी संयोजक मञ्जु केसीले जानकारी दिइन् ।
कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सम्वोधन गर्ने कार्यक्रम रहेको समेत संयोजक केसीले जानकारी दिइन ।