हिमदुत सम्वाददाता
स्याङ्जा–३, भदौ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा मातहतमा रहेका प्रहरी युनिटवाट सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गर्त प्रहरी सँग एक दिन कार्यक्रम’ स्याङ्जाका विभिन्न सामुदायिक तथा निजि विद्यालयहरुमा सन्चालन गरिएको छ ।
सोमवार वडा प्रहरी कार्यालय वालिङले वालिङ नगरपालिका वाड नं ९ स्थित पिस जोन इन्ट्रिगेटेड एकेडेमीमा अध्यायनरत कक्षा नौ का विद्यार्थीलाई वडा प्रहरी कार्यालयको अवलोकन तथा प्रहरी सेवा प्रवाह प्रणाली, प्रहरी सेवाको किसिम र समुदाय प्रहरी साझेदारी लगायतका अवधारणाका विषयमा जानकारी दिइएको थियो ।
उक्त अवसरमा विद्यार्थीहरुले प्रहरी कार्यालयको विभिन्न शाखाहरुको अवलोकन गर्नुका साथै शाखाहरुबाट प्राप्त गर्न सकिने प्रहरी सेवाको विषयमा समेत जानकारी लिए । कार्यक्रममा भोलीको समाजलाई दिशानिर्देश गर्ने आजका विद्यार्थीलाई उनीहरुको समाजप्रतिको उत्तरदायीत्व वृद्धि गर्नु यस कार्यक्रमको उद्देश्य रहेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
यस्ता कार्यक्रमले प्रहरी र नागरिक विचको सम्वन्ध बलियो वनाउन मद्दत गर्ने वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक निरन्जन घिमिरेले जानकारी दिए । विद्यार्थीहरु संग गरिएको कार्यक्रमको प्रभावकारिता अत्यान्तै राम्रो हुने अपेक्षा गरिएको समेत उनले वताए ।
हर प्रहर गाउँ नगरी, टोलटोलमा प्रहरी
उता भिरकोट नगरपालिकार्ले हर प्रहर गाउँ नगरी, टोलटोलमा प्रहरी’ भन्ने नाराका साथ समुदाय प्रहरी साझेदारी भिरकोट समितिको आयोजनामा त्रैमासिक बैठक नगरपालिका हलमा सम्पन्न भएको छ ।
कार्यक्रममा नगरप्रमुख छायाँराम खनालले लागू औषध प्रयोगकर्ता, आत्महत्याको घटना बढेकाले नागरिक पनि बर्दी विनाको प्रहरी भएकाले समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गरेका थिए । साथै प्रमुख खनालले बालमैत्रि भीरकोटका लागी प्रहरीले समेत सहयोग गर्ने भन्दै कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुका लागी चेतनामुलक कार्यक्रम गर्नुपर्ने बताएका थिए ।
त्यस्तै कार्यक्रमका सहभागिहरुले भीरकोटको शान्ती सुरक्षाका लागी प्रहरीको संख्या बढाउनुपर्ने बताएका छन् भने बालमैत्रि हेल्प डेक्स स्थापना गर्न माग गरेका छन् । त्यस्तै सहभागिहरुले घरेलू मदिराको प्रयोग तथा ओसारपसारलाई नियन्त्रण गर्न आग्रह समेत गरेका थिए । कार्यक्रममा वडा प्रहरी कार्यालय प्रमुख निरञ्जन घिमिरेले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमका विच वडा प्रहरी कार्यालयमा भर्खरै पदभार ग्रहण गरेका प्रहरी निरिक्षक घिमिरेलाई स्वागत समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी रामप्रसाद खनालले गरेका थिए ।