काठमाडौं ३, भदौ ।
भूमिसम्बन्धी आठौँ संशोधन विधेयक प्रतिनिधि सभाबाट स्वीकृत भएको छ ।
भूमिसम्बन्धी आठौं संशोधन विधेयक २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनको क्रम संख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मावकुमारी अर्यालले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको भूमिसम्बन्धी ९आठौं संशोधन०विधेयक २०७५ माथि छलफल गरियोस् भनी संसदमा प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
त्यस अवसरमा विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले भूमि सम्बन्धी ९आठौं संशोधन० विधेयकमाथि सांसदहरूले दिएको सुझावहरूमा सरकारको ध्यान जाने बताइन् । नियमावलीमार्फत आएका सुझावहरू समेटेर अझ परिष्कृत बनाएर जाने मन्त्री अर्यालले जानकारी दिइन् ।