हिमदुत सम्वाददाता
स्याङ्जा–२५, साउन ।
यूवाहरुको व्यक्तित्व र नेतृत्व विकास गरी समाज परिवर्तनमा होमिएका १८ वर्षदेखि ४० वर्षका यूवाहरुद्धारा स्थापना गरिएको भिरकोट जेसीजले स्थापनाको पहिलो वर्षमै उत्कृष्ठ र रचनात्मक कार्य गर्दै आइरहेको छ ।
वालिङ जेसीजको मातृत्वमा स्थापना गरिएको भिरकोट जेसीजले भिरकोट नगरपालिकालाई वालमैत्री नगर वनाउने नगरपालिकाको निर्णयलाई सहयोग गर्न आज भिरकोटका नगर प्रमुख छाँयाराम खनालसंग भेटघाट गरेको छ ।
जेसीजको नियमित वैठकवाट निर्णय गरे वमोजिम वालमैत्री नगर वनाउने नगरपालिकाको उद्देश्य अनुरुप काम गर्न लागेको भिरकोट जेसीजका अध्यक्ष उमेश गुरुङले जानकारी दिए । जेसीजले भिरकोट नगरपालिका क्षेत्र भित्र वालवालिकाको अवस्थाको वारेमा पहिला सर्वेक्षण गरी नगरपालिकाको कार्ययोजना अनुरुप वालमैत्री नगर निर्माण गर्न नगरपालिकालाई सघाउ पु्याउने गुरुङले वताए ।
जेसीजका पदाधिकारी सहित आज नगर प्रमुख खनाललाई आफ्नै निवासमा भेट गरेका थिए । भेटमा खनालले भिरकोट जेसीजको संस्थागत विकासमा नगरपालिकाले सधै सहयोग गर्ने वताएको जेसीजका महासचिव प्रशुन मगरले वताए ।