तस्वीर ः आशिष खाँणको फेसवुकवाट
हिमदुत सम्वाददाता, २३ साउन
शान्तिको लागि वोलवम भन्ने उद्देश्यका साथ आयोजना गरिएको भ्रमणका सहभागीहरु तिलिचो ताल पुगेर आज फिर्ता भएका छन् । झण्डै ९० जना सहभागी रहेको भ्रमणको संयोजन वोलवम समिती वालिङले गरेको छ ।
तस्वीर ः आशिष खाँणको फेसवुकवाट
सन् २०२० लाई पर्यटन वर्षको रुपमा मनाउने उद्देश्यलाई साकार पार्न वालिङवाट यस पटकको भ्रमण तिलिचो जाने निर्णय गरेको वोलवम समितीले आज विहान १० बजे तिलिचो पुगेर विभिन्न कार्यक्रम गरी फिर्ता भएको वोलवम समिती वालिङका सचिव तथा भ्रमण संयोजक राजु तिवारीले जानकारी दिए ।
भ्रमण वर्षको अवसरमा समितीले आज तिलिचो ताल सरसफाई गरेको जनाएको छ । कार्यक्रममा संस्थागत हिसावमा वालिङ जेसीज र वण्डरफूल वालिङको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा वोल्दै वालिङ वोलवम समितीका वरिष्ठ उपाध्यक्ष चन्द्रमान श्रेष्ठले पर्यटन नेपालको आर्थिक विकासको मेरुदण्ड रहेकाले पर्यटन प्रवद्धनमा सबै नेपालीले चासो दिनुपर्ने वताएका छन ।
पर्यटन वर्षकै अवसरमा वन्डरफूल वालिङका सदस्यहरुले आशिष प्रताप खाँणको नृतृत्वमा साइकल यात्रा समेत गरिएको थियो ।
अत्यान्तै शाहसिक यात्रा रहेको तिलिचो ताल नेपालकै महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको भ्रमणमा सहभागी वोलवम समितीका कोषाध्यक्ष केशव पराजुलीले जानकारी दिए । यात्रामा धैरैजनाको सहभागीता रहेकाले सबैलाई सकुशल ल्याउन धेरै चुनौतीका वावजुद पनि तिलिचो पुगेको फर्किएको उनले वताए । भ्रमणका क्रममा मनाङ जिल्लाको प्रहरी प्रशासनको निकै सहयोग प्राप्त भएको भ्रमणका सहभागी तथा समितीका प्रवक्ता युवराज गौतमले जानकारी दिए । भ्रमण २६ गते वालिङ फिर्ता हुने कार्यक्रम तय गरीएको समितीले जनाएको छ ।
तस्वीर ः आशिष खाँणको फेसवुकवाट
तस्वीर ः राजकुमार गुरुङको फेसवुकवाट